काठमाडौं,४ साउन
साताको अन्तिम दिन (बिहीबार)सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ।
आजको दिन नेप्से सूचक १.३१ विन्दुले घटेर २१६३.९२ विन्दुमा अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज २६४ कम्पनीको ८४ लाख २४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड २३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन लाइफ इन्सुरेन्स परेका छन् ।








