काठमाडाैं, ८ साउन
साताकाे दाेस्राे दिन (साेमबार) सुनचाँदीकाे मुल्य ३०० रूपैँयाले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीकाे मुल्य ताेलामा ५ रूपैँयाले घटेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।








