अभिनेता दिपक भन्छन् : सुनका काण्डले सरकार नै ढाल्छ जस्ताे छ।

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,११ साउन

अभिनेता तथा चलचित्र निर्माता दिपक राज गिरीले सुन काण्डमा ‘भित्रबाट छाेडिसक्या चिज जान्ने भएर बाहिर आएर किन समातेको?’ भन्दै व्यंग गरेका छन्।

दिपकले सामाजिक सञ्जालमा लेखेका छन्,– ‘सुनसान थियो ठिकै थियो! कहाँबाट यो सुन आएर सरकारै ढाल्छ जस्तो छ! भित्रबाट छोडिसक्या चिज जान्ने भएर बाहिर आएर किन समातेको?’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको तस्करीको १०० केजी सुन मोरिएको राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको प्रकरण पछिल्लो समय चर्चामा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *