काठमाडौँ,१९ साउन

दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ वर्षीय बालक प्रिन्स थामी रहेको वडा अध्यक्ष सोनाम शेर्पाले बताए। उनका अनुसार पहिरोमा तिन जना बेपत्ता भएका छन्।

हिजो (बिहीबार) राति परेको अविरल वर्षापछि आएको पहिरोमा परी  कृष्णबहादुर मगर सँगै उनको श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता छन्।

उनीहरूको खोजी भइरहेको शेर्पाले बताए । राति परेको भीषण वर्षाले गौरीशंकर ७र ८ मा ३२ भन्दा बढी घरमा क्षति गरेको छ। टोपाटारबाट ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।