तारकेश्वरमा पहिरोले घर पुर्दा बाबुसहित १५ वर्षीया छोरीको मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,२१ साउन

काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु भएको छ।

अविरल वर्षाका कारण शनिबार राति ९ बजेतिर पहिरोले घर पुरिँदा वडा नं ३ कृष्णमन्दिर छेउका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आश्मा तामाङको मृत्यु भएको हो।

गणेशकी श्रीमती सञ्जु तामाङ भने घाइते भएकी छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको