काठमाडौं,२३ साउन
अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ । सोमबार राति देखिको अविरल वर्षाका कारण काठमाडौंका अरू क्षेत्र पनि बाढी र डुबानमा परेका छन्।
सामाखुसी, अनामनगर, टोखा, गोंगबु नयाँ बसपार्कलगायत ठाउँमा डुबान भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। बागमती, बिष्णुमतीलगायत नदीहरूमा जल सतह निकै बढेको छ।