नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सुमेरु सिटी अस्पतालकी डा. पुनम थापा चौधरी पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,२६ साउन

सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरी पक्राउ परेकी छन्। शुक्रबार प्रहरीले नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको भन्दै उनलाई काठमाडौँस्थित घरबाट पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ। सिआइबीले मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित कांग्रेस सांसद सुनिल शर्मालाई पनि पक्राउ गरेको छ।

नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह, डा अमित चौधरी, डा श्रद्धा शिल्पकार र डा मनित चौधरी पनि पक्राउ परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *