काठमाडौं,२८ साउन
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् चलाउन खोजेको दाबी गरेका छन् ।आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले संसद् अवरुद्ध गर्ने परिस्थिति पनि बनाउन नहुनेमा जोड दिए ।
‘संसद् अवरोध हुनै हुँदैन, गर्नै हुँदैन । संसद् देश र जनताका लागि काम गर्ने थलो हो । संसद्ले निर्वाध ढंगले काम गर्न पाउनुपर्छ । संसद्ले देश र जनताका पक्षमा बोल्ने, आवाज उठाउने हो,’ उनले भने, ‘अहिलेको संसद्को अवरोध तपाईंहरूले देख्नुभएको छ । हामी चलाउन खोजिराख्या छौं । तर, प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जुरुक्क उठेर होहल्ला गर्ने ।’
सुन तस्करीले देशलाई अप्ठ्यारोमा पारेको उनले बताए ।