Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

प्रेस चौतारी नेपाल रामेछापको विशेष पत्रकारिता पुरस्कार लेखबहादुर बिकलाई

समाचार शेयर गर्नुहोस्

प्रेस चौतारी नेपाल रामेछापले यस वर्षको विशेष पत्रकारिता पुरस्कार पत्रकार लेखबहादुर बिकलाई प्रदान गरेको छ ।

प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा सोमबार मन्थलीमा आयोजित कार्यक्रममा बिकलाई सो पुरस्कार प्रदान गरिएको हो ।

प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले रामेछापका अध्यक्ष तथा वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले बिकलाई नगद पुरस्कार सहित दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले नेपालका राजनीतिक दल र पत्रकारलार्ई व्यवस्था विरोधीले बदनाम गराउने प्रयास गरेकाले सचेततापूर्वक अघि बढ्न जरुरी रहेको बताए । उनले तथ्यलाई बार्गेनिङको औजार होइन समाचारको आधार बनाउन पत्रकारहरूलाई आग्रह गरे ।
श्रेष्ठले पत्रकारले समाज र समाचारलाई हेर्ने दृष्टिकोण बदल्न पनि जरुरी रहेको बताए। पत्रकारिताको विषय राजनीति भाषण मात्र होइन पर्यावरण, शिक्षा, स्वास्थ्य कृषि, बालबालिका, युवा, ज्येष्ठ नागरिक र समाजका विविध क्षेत्र बन्नु पर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज नवराज पथिक, नेकपा एमाले रामेछापको प्रेस चौतारी नेपालका इञ्चार्ज युनिकविफा घिसिङ, मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, अनेरास्वविय रामेछापका अध्यक्ष पुष्कर भट्टराई, प्रेस युनियन रामेछापका सचिव सागर बोहरा, प्रेस सेन्टर रामेछापका अध्यक्ष निरोज श्रेष्ठ, समाजवादी प्रेस संगठन रामेछापका अध्यक्ष कैलाश खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कडरिया, उपसचिव प्रकाशकुमार कार्की, मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरे, पत्रकारहरू , प्रेस चौतारी नेपालका सदस्यहरू, विद्यार्थी नेताहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको