बिजुलि बक्यौता सबै उठाउनुपर्छ, कसैलाई हिरो बनाउन गलत प्रचार गरियो ।- ओलि

समाचार शेयर गर्नुहोस्

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन विद्युतको वक्यौता रकम २२ अर्ब रुपैयाँ नै उठाउनुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनका विद्युत उपभोक्ताहरुबाट सरकारले वक्यौता महशुल उठाउने बताएका हुन ।

प्रधानमन्त्री ओलीले वक्यौता रकम वापतको २२ अर्ब रुपैयाँ उठाउनुपर्ने भएपनि पूर्ववर्ति सरकारले १६ अर्ब रुपैयाँ छुट दिएर ६ अर्ब रुपैयाँ मात्रै उठाउन लागेको भन्दै वर्तमान सरकार सबै रकम उठाउनुपर्ने पक्षमा रहेको बताए । उनले सरकार वक्यौता रकम उठाउने पक्षमा भएपनि गलत प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सरकार र विद्युत प्राधिकरणका बिचमा कुनै मतभेद नभएको भन्दै सरकारले आवश्यकता अनुसार प्राधिकरणलाई निर्देशन दिनसक्ने बताए ।

प्रधानमन्त्री ओलीले विद्युत प्राधिकरणमा एउटा व्यक्तिलाई हिरो बनाउनका लागि सरकारविरुद्ध गलत प्रचारबाजी गरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको