नारायणी कला मन्दिर बिबादमा,चङ्गाईको नाममा धर्मान्तरण बन्द गर्न चेतावनी

समाचार शेयर गर्नुहोस्

चितवन

चितवन का प्रतिभाहरुलाई प्रतिभा प्रस्फुटन गर्ने  उचित स्थान र साहित्य कला को सरंक्षण हेतु पबित्र सोच राखेर नेवार समुदायका व्यक्तिहरू को अगुवाईमा २०१९ साल मा निर्माण सम्पन्न भएको नारायणी कला मन्दिर हाल बिबादित बनेको छ ।

बिगत २ बर्ष देखि चङ्गाई को नाममा धर्मान्तरण गराउने, बिरामी निको पार्ने भनि भ्रम छर्ने र लोभ लालच मा पारेर सोझासाझा नेपाली बैदिक सनातन धर्मावलम्बीहरूको धार्मिक आश्था नै परिवर्तन गराउने कार्य को मिसन लाई भाडा को लोभमा दिइएको बिश्व हिन्दु युवासंघ चितवन का सचिब मेगराज पौडेल ले जानकारी दिनुभयो ।

नेपाली महिलाहरुलाई चुरा पोते सिन्दुर समेत लगाउन मिल्छ आउनुस् बिस्वास गर्नुस् चङ्गाइ हुन्छ, रोग निको हुन्छ जस्ता भ्रमात्मक कुरा फैलाएर प्रत्येक सोमबार हजारौ मानिसहरू ल्याएर उक्त मन्दिर लाई चर्च बनाइएकोमा स्थानिय देखि विश्वहिन्दु महासंघ र अन्य हिन्दुबादी संघसंस्था हरुले पनि गम्भीर खेद प्रकट गरेका छन् ।  भाडा आउँछ भने मन्दिर लाई बधशाला बनाउन दिन सकिदैन यदि हाम्रो कुरा मानेर उक्त मिसनरी कार्यक्रम हरु बन्द नगराए भौतिक आक्रमणमा समेत उत्रन पछि नपर्ने भन्दै बिश्व हिन्दु युवासंघ का अध्यक्ष्य श्याम पौडेल आक्रोश पोखे ।

भदौ १७ गते विश्वहिन्दु शिवसेना को जत्थाले नारायणी कला मन्दिर कब्जा भनेर ब्यानर टास्ने, झण्डा गाड्ने र ताला लगाउने काम पनि भएको तर उक्त बिरोध लाई पनि नारायणी कला मन्दिर को ब्यबस्थापन ले गम्भिरतापूर्वक नलिएको र उल्टै बिना समझदारी  ताला फोरी आफ्ना कार्यहरु गरेपछि विश्वहिन्दु युवासंघ चितवनले ३ दिने अल्टिमेटम दिएको छ । अल्टिमेटम जस्ताको तस्तै ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको