बिहे गर्न दबाब दिएपछि प्रेमीले गरे प्रेमिकाको हत्या

काठमाडौं । धनुषामा एक युवतीको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका-३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र शहिदनगर नगरपालिका-८ का २४ वर्षीय रमेश कुमार मण्डल छन् ।
राम ललित र रेखाबीच करिब ४/५ वर्षदेखि प्रेमसम्बन्धमा रहेको बताइएको छ । राम ललितसँग रेखा विवाह गर्न चाहन्थिन् । तर, घर परिवारले अस्वीकार गर्दा रेखाले राम ललितलाई भागेर विवाह गर्न दबाब दिएकी थिइन् ।
राम ललितले भने नेपाली सेनामा जागिरका लागि फारम भरेका थिए । उनले जागिर भए पश्चात मात्र विवाह गर्ने अडान लिएका थिए । बिहे तत्काल गर्न दबाब दिएकै कारण उनले प्रेमिका रेखाको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
रामललितले रेखालाई भेटघाटका लागि बोलाइ साथी ज्ञानेन्द्र र रमेशको सहयोग लिएका थिए । त्यहाँ रेखा आएपछि उनले ब्लेडले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएको डीएसपी सिंहले बताए ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

मध्यावधि चुनावपछि मात्रै इरान युद्ध सकिन्छ : ट्रम्प
भाद्र २५ गते २०८३
मन्त्रिपरिषद्को बैठक बस्दै
भाद्र २५ गते २०८३
संखुवासभामा चट्याङ लागेर युवकको मृत्यु
भाद्र २५ गते २०८३
कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडौँ सडकमा बढ्याे सवारीकाे चाप
भाद्र २५ गते २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
भाद्र २५ गते २०८३
फिलिपिन्सलाई चीनको चेतावनी : समस्या निम्त्याउने काम बन्द गर
भाद्र २५ गते २०८३
सडक निर्माण कम्पनीले अलपत्र पार्दा नागरिकलाई सास्ती
भाद्र २५ गते २०८३
