काठमाडौँ-
नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ।
उक्त बैंकलाई समस्याग्रस्त घोषणा गर्दै बैंकको सञ्चालक समिति पनि खारेज गरेको छ।
बुधवार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो ।
बैंकलाई समस्या उन्मुख भनेर यस अघि नै राष्ट्र बैंकले घोषणा गरेको थियो। त्यतिबेलै निक्षेप परिचालन र कर्जा प्रवाहमा राष्ट्र बैंकले रोक लगाएको थियो ।
अब राष्ट्र बैंकले नै कर्णाली विकास बैंकको सञ्चालन र व्यवस्थापन हेर्ने छ।