नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच देउवा निवास महाराजगञ्जमा भएको छलफल सकिएको छ ।देउवा निवासमा भएको भेटमा कुनै ठोस निर्णय भएन ।
दुई महामन्त्रीले असोज २८ मा देउवाले भनेका कुरालाई कार्यान्वयन गर्न आग्रह गरेका थिए।
‘तपाईं निष्क्रिय हुनुस्। सिंगापुर जानुपूर्व जे भन्नुभएको थियो, त्यो कार्यान्वयन गर्नुस्,’ दुई महामन्त्रीले सभापति देउवालाई भनेका थिए।
निर्वाचन आयोगमा जाने बाहेक अन्य हस्ताक्षरमा आफ्नो रुचि नभएको सभापति देउवाले महामन्त्रीद्वयलाई सुनाए ।
‘सभापति एकदम पोजिटिभ हुनुभएको छ, निर्वाचन आयोग मान्छ भने निर्वाचनमा टिकट बाँड्ने पत्रमा पनि हस्ताक्षर गर्न रुचि राख्दिनँ भन्ने निष्कर्षमा उहाँ पुग्नु भएको छ,’एक नेताले भने, ‘उहाँहरुको बटमलाइनमा सभापति यो भन्दा कति लचक हुने, लचक हुनु भएकै छ ।’ सभापति देउवा र महामन्त्रीद्वय फेरि छलफलमा जुट्ने भएका छन् ।
देउवासँगको वार्ताले निकास निकाल्न नसकेकाले अब निर्वाचन प्रक्रिया अघि बढाउने विशेष महाधिवेशन पक्षका उनले बताए।
उनीहरूबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो । यसअघि भएका वार्ताहरू निर्षकर्षविहीन भएपछि देउवाले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बुधबार बिहानै छलफलका लागि बोलाएका थिए ।








