आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोलि (माघ ६) उमेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले बिहान ६ बजेदेखि १० बजेसम्म उमेदवारी दर्ताको समय तोकेको हो ।
निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुनेछ । काठमाडौंमा सबै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने जिल्ला निर्वाचन काठमाडौंका अधिकारी ठाकुरप्रसाद भटट्राईले जानकारी दिए ।
“उमेदवारी मनोनयनका लागि सबै ठाउँमा तयारी अवस्थामा हुनुहुन्छ । बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता हुन्छ,” उनले भने ।
उनका अनुसार, क्षेत्र नम्बर–१ नयाँ वानेश्वरमा, २ नम्बर कागेश्वरी मनोहरा नगरपालिकामा अधिकृतको कार्यालय छ । ३ नम्बर क्षेत्रको निर्वाचन अधिृकतको कार्यालय गोकर्णेश्वरमा, काठमाडौं–४ को कार्यालय बूढानीलकण्ठमा छ ।
काठमाडौं–५ नम्बरको टोखामा, ६ नम्बरको तारकेश्वर र बालाजु जुडो हलमा ७ नम्बरको कार्यालय छ ।
नागार्जुन नगरपालिका भवनमा ८, चन्द्रागिरी नगरपालिका भवनमा ९ र १० नम्बरको कार्यालय कीर्तिपुर–२ को वागभैरवमा उमेदवारी मनोनयन हुनेछ ।








