काठमाडौं । सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजना पुनः सुरु गरेको छ । बैंकले समय थप गरी योजना पुनः सञ्चालन गरेको हो ।
उक्त योजनाअन्तर्गत, बैंकका ग्राहकले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० सम्मको क्यासब्याक पाउनेछन् ।
यो योजना २०८३ साल असारसम्मका लागि लागू हुने बैंकले जनाएको छ ।








