झापाको मेचीनगर नगरपालिका–७, नमुना टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
दुर्घटनामा परेर घाइते भएकी बिर्तामोड नगरपालिका–७ निवासी ५४ वर्षीया कल्पना भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–७ निवासी ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका छन् ।
काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भण्डारीलाई उपचारका लागि बी एन्ड सी अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा संलग्न प्र.१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकलका चालक, मेचीनगर नगरपालिका–६ निवासी ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।








