नेपाली कांग्रेसले पार्टीभित्र देखिएको विवाद अब अन्त्य भइसकेको बताएको छ। पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले पार्टी एकताबद्ध भएर आगामी चुनावमा सक्रिय भइसकेको जानकारी दिए।

चालिसेले नयाँ नेतृत्व आएपछि अन्य पार्टीबाट प्रवेश गर्ने तथा निष्क्रिय रहेका सदस्यहरू पनि पार्टीमा फर्किन थालेको उल्लेख गरे। उनले निर्वाचन आयोगलाई जानकारी गराउँदै भने कि अन्य दलहरूले चुनावी गतिविधिमा बालबालिका प्रयोग गरेको सूचनासमेत पार्टीलाई प्राप्त भएको छ।

साथै, प्रवक्ताले विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य माध्यममा अमर्यादित टिप्पणी र धृणास्पद अभिव्यक्ति दिनुले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिग्रने भएकाले कांग्रेस त्यसबारे सचेत रहेको बताए।