काठमाडौं- आइतबार सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ५०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार सो सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।