काठमाडौं । आईसीसी पुरूष टी–२० विश्वकप क्रिकेटमा यूएईले न्युजिल्यान्डलाई १७४ रनको लक्ष्य दिएको छ ।

भारतको चेन्नाईस्थित चेपक स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको यूएईले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १७३ रन बनाएको हो ।

यूएईका लागि कप्तान मुहम्मद वसिम र अलिशान शराफुले अर्धशतकीय पारी खेले । वसिमले ४५ बलमा ४ चौका र ३ छक्कासहित ६६ रन जोडे ।

शराफुले ४७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाए ।

न्युजिल्यान्डका लागि भने म्याट हेनरीले दुई तथा ज्याकब डफी, मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले १–१ विकेट लिए ।