हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु २२ करोड ४५ लाख ४९ हजार चार सय ८५ राजस्व सङ्कलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु २२ करोड ४३ लाख ८४ हजार आठ सय ८८ सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताए ।
चालु आर्थिक वर्षको सात महिनामा सम्पत्ति करबाट रु पाँच करोड ५४ लाख ९३ हजार एक सय ३८, घर बहाल करबाट रु तीन करोड ४४ लाख ७० हजार सात सय छ, नक्सा पास दस्तुरबाट रु एक करोड २१ लाख २७ हजार २७, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु दुई करोड ४४ लाख ४९ हजार दुई सय ४०, सिफारिस दस्तुरबाट रु एक करोड ७० लाख ३९ हजार एक सय, बहाल बिटोरी करबाट रु एक करोड ७२ लाख ४४ हजार एक सय ४९, व्यवसाय करबाट रु एक करोड ७१ लाख दुई हजार छ सय १६, अन्य बिक्रीबाट प्राप्त रु तीन करोड दुई लाख २३ हजार असुली भएको हो ।








