काठमाडौं । नेकपा (एमाले) का नेता पार्वत गुरुङले संविधानको रक्षा गर्दै देशलाई संकटबाट जोगाउनका लागि आगामी निर्वाचन महत्त्वपूर्ण रहेको बताएका छन् ।

युवा संघ नेपाल, अन्तरजिल्ला दोलखाद्वारा बुधबार काठमाडौंमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन् । संविधानको रक्षा गर्दै देशलाई संकटबाट जोगाउन फागुन २१ को निर्वाचन महत्त्वपूर्ण रहेको उनले बताए ।

जनतालाई भ्रममा पारेर देश बन्न नसक्ने उनको भनाइ छ । देश बनाउनका लागि एमालेको साथ आवश्यक रहेको उनको दाबी छ । दोलखालाई समृद्ध बनाउन, पर्यटन क्षेत्रको विकास गर्न र यसअघि गरेका कामलाई दिनमा निरन्तरता दिने उनको प्रतिबद्धता छ ।