काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आसन्न निर्वाचन फागुन २१ गते छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले उक्त निर्णय गरेको हो ।

योसँगै आउँदो हप्ता लगातार ७ दिन सार्वजनिक बिदा हुने भएको छ ।

आउँदो हप्ता लगातार ७ दिन सार्वजनिक बिदा हुने भएको छ । फागुन २०, २१ र २२ गते निर्वाचनका लागि र होली/फागु पूर्णिमाको अवसरमा पहाडमा १८ गते सोमबार र तराईमा १९ सार्वजनिक बिदा परेको छ ।

फागुन २३ गते शनिबार सार्वजनिक बिदा नै भयो भने आइतबार अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक बिदा दिएको छ ।