कपिलवस्तु-१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले अग्रता बनाएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहनलाल आयार्चभन्दा ४६० मतले अघि छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शर्माले अहिलेसम्म १० हजार ५८८ मत प्राप्त गरेका छन् । रास्वपाका मोहनलाल आचार्यले १० हजार १२८ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले अहिलेसम्म ९ हजार ५१२ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्णबहादुर कुँवरले १ हजार ७७८ मत पाएका छन् ।