बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् ।
भण्डारी २२ हजार १ सय ३४ मत ल्याएर विजयी भएकाे हाे। उनले ३ हजार ९ सय ४० मतले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १ सय ९४ मत प्राप्त गरे । यसअघि नेकपा एमालेबाट लगातार ३ पटक विजयी भएका दामाेदर भण्डारी भने यसपटक तेस्रो स्थानमा झरेको छन् । उनले १७ हजार ९१ मत ल्याएको हो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ७२ हजार ८ सय ४३ मतदाताले मतदान गरेका थिए । जसमा ५ हजार १ सय १३ मत बदर भएकाे छ ।








