काठमाडाैं । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा गोरखा निर्वाचन क्षेत्र नं. १ मा रोचक नतिजा देखिएको छ।
पछिल्लो प्राप्त तथ्यांक अनुसार रास्वपाका उम्मेदवार सुदन गुरुङ १०,०३२ मतसहित पहिलो स्थानमा छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीलाई १,५२० मतान्तरले पछि पारेका हुन् ।
नेकपाका हरि राज अधिकारी ४,२०९ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका आरसी लामिछाने १,७९५ मतमा सीमित भएका छन् ।








