२७ फागुन, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको बुधबार निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार चार दिनअघि सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएका आलेको मिर्गौला फेल भएपछि निधन भएको हो ।

आले २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा-८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेकपा एमाले बिरुवा गाउँपालिका कमिटीका पूर्वउपसचिव समेत रहेका थिए ।

स्थानीय तहमा सक्रिय रूपमा काम गर्दै आएका आलेको निधनले गाउँपालिका तथा स्थानीय समुदायमा शोक छाएको छ ।