काठमाडौं ।
परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र सजग रहेको बताएका छन्।
मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र त्यसले हवाई सेवामा पारेको प्रभावका कारण नेपाली नागरिकहरूको आवतजावतमा असर परेको उनले उल्लेख गरे। सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ सञ्चालनमा ल्याएको जानकारी पनि उनले दिए।
मन्त्री शर्माका अनुसार उक्त कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली नागरिक र नेपालमा रहेका उनीहरूका परिवारबीच सूचना आदानप्रदान र समन्वय गरिनेछ। साथै, पश्चिमी एशिया क्षेत्रमा रहेका नेपालीहरूलाई समस्या परेमा सम्बन्धित नेपाली दूतावाससँग सम्पर्कमा रहन उनले अपिल गरेका छन्।
यसैबीच, विदेशमा रहेका नेपाली नागरिकको हकहित संरक्षणमा एनआरएनएले गर्दै आएको सहयोग महत्वपूर्ण रहेको उनले बताए।







