अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पितृ शोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन् ।
पिताको मृत्यु शोकमा रहेका ओलीलाई भेट्न प्रधानमन्त्री कार्की गुण्डु पुगेकी हुन् । प्रधानमन्त्री कार्कीले परिवारमा समवेदना प्रकट गरिन् ।
साथै ओलीको स्वास्थ्य र परिवारको अवस्थाबारे जिज्ञासा राखिन् । यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूले ओलीको निवास पुगेर शोक व्यक्त गरेका छन् ।








