काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसदको सूचीमा ५ नर्सहरु समावेश भएका छन्। जसमा प्रभा ढकाल खस आर्य समुदाय,निशा मेहता मधेसी समुदाय, कामिनी चौधरी मधेसी थारू समुदाय, सामिना मियाँ मुस्लिम समुदाय र खिमा बिक दलित समुदायबाट समानुपातिक सूचीमा पर्न सफल भएका हुन्।

समानुपातिक सूचीमा परेका नर्सहरुमध्ये प्रभा चितवन, समिना चितवन, निशा सुनसरी, कामिनी महोत्तरी र खिमा दाङमा कार्यरत थिए।

५ जना नर्सहरुले संसदको यात्रा तय गर्नुले यसपटक स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास गरिएको स्वास्थ्यकर्मी तथा अभियन्ता जिता बराल बताउँछिन् ।

योसँगै विद्यमान स्वास्थ्य नीति, ऐन–कानुन संशोधन गर्दै स्वास्थ्यकर्मीको सम्मान र श्रमशोषण अन्त्यका लागि स्वास्थ्यकर्मीलाई संसदमा पुर्‍याउने अभियानमा आफ्नो लामो समयदेखिको प्रयास सफल भएको उनको दाबी छ।

यसरी नर्सहरुले संसदको यात्रा तय गरेको यो पहिलो पटक भएको हो।तीन दशकको अथक प्रयासपछि नर्सहरूको प्रतिनिधित्व सुनिश्चित भएको भन्दै बरालले अब संसदमा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने, नीतिगत सुधार गर्ने र स्वास्थ्यकर्मीमाथि हुने श्रमशोषण अन्त्य गर्ने महत्वपूर्ण जिम्मेवारी यी प्रतिनिधिहरूले पूरा गर्ने विश्वास व्यक्त गरिन्।