स्काउटको निर्वाचन रोक्ने सरकारको निर्णय झिकाउन सर्वोच्चको आदेश

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२६ माघ । सर्वोच्च अदालतले नेपाल स्काउटको निर्वाचन रोक्ने प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डको निर्णय झिकाउन आदेश दिएको छ ।

लोकबहादुर भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्दय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले सो आदेश दिएको हो । यसअघि सर्वोच्चले निर्वाचन नरोक्न अन्तरिम अल्पकालीन आदेश दिँदै आजका लागि छलफलमा बालाएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि सरकारले तत्कालका लागि स्थगीत गर्ने निर्णय गरेको थियो । स्काउटमा लामो समयदेखि विवाद देखिँदै आएको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल दुवैले लामो समयदेखि समानान्तर कमिटी बनाएर गतिविधि गर्दै आएका छन् ।

त्यसअघि नै सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको भन्दै निर्वाचन स्थगित गरिएको थियो। रिटको टुंगो लागेपछि मात्रै निर्वाचनको नयाँ मिति घोषणा गर्ने सरकारले भनेको थियो।

तर निर्वाचन रोकिएको भन्दै भण्डारी समयमै निर्वाचन गराउन माग गरेर सर्वोच्च गएका थिए। उनको रिटमा सुनुवाइ गर्दैै सर्वोच्चले प्रधानमन्त्री कार्यालय र निर्वाचन समितिको निर्णय मगाउने आदेश दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।