सांसदहरूका लागि रास्वपाको अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह उपस्थित नहुने भएका छन् ।
रास्वपाले सार्वजनिक गरेको कार्यतालिकामा सभापति लामिछानेले दोस्रो दिन समापनसत्रमा सम्बोधन गर्ने उल्लेख भए पनि वरिष्ठ नेता शाहको भूमिकाबारे केही बताइएको छैन ।
यद्यपि शाह उद्घाटनपछिको सत्रमा उपस्थित हुने बताइएको छ । अहिले उपसभापति स्वर्णिम वाग्लेले उद्घाटनसत्र सुरु गर्ने तयारी छ ।







