काठमाडौं । बाँकेमा हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–५, छमनियाका ५५ वर्षीय सीताराम थारू छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँ बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको आरोप सीताराममाथि छ । वादविवादको क्रममा सीतारामले धारिलो हतियार हसिया प्रहार गर्दा भगवनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।








