प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग सरेको छ । नेपाल भलिबल संघले सूचना जारी गर्दै प्राविधिक कारणले प्रतियोगिता सारिएको जानकारी दिएको हो ।

यसअघि प्रतियोगिता १९ देखि २८ चैतसम्म तयारी गरिएको थियो । तर, संघले अब लिग नयाँ मिति अनुसार हुने र यसको बारेमा सम्बन्धित क्लबलाई जानकारी गराइसकिएको जनाएको छ ।

संघका अनुसार प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा १ देखि १९ वैशाखसम्म सञ्चालन हुनेछ ।