मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले काम रोकिएको हो ।
भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ तर मुआब्जा नदिँदा भङ्गहाबाट बर्दिबाससम्मको काम रोकिएको छ ।
चौध जनालाई सातदेखि आठ करोड मुआब्जा तिर्न बाँकी छ । विभागले रकम निकासका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको जनाएको छ ।
बर्दिबासका पीडितहरूले मुआब्जाका लागि पटकपटक रेल विभागमा धाइराखे पनि मुआब्जा नपाएको गुनासो गरेका छन् । मुआब्जा नपाएपछि उनीहरूले बर्दिबासमा रेल्वे मार्गको निर्माण कार्य रोकेका हुन् ।








