काठमाडौं । जापानकी प्रधानमन्त्री ताकाइची सानाएले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई ज्ञापन गरेकी छन् ।
आजै प्रधानमन्त्रीमा नियुक्त भएका बालेनले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
जापानकी प्रधानमन्त्री ताकाइची सानाएले बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री नियुक्त भएको र कार्यभार सम्हालेकोमा खुसी व्यक्त गरेकी छन् ।
उनले नेपाल र जापानबीचको ऐतिहासिक र मित्रवत् सम्बन्धलाई अझ मजबुत बनाउन प्रधानमन्त्री शाहसँग नजिक रहेर सहकार्य गर्न आफू उत्सुक रहेको उल्लेख गरेकी छन् ।








