प्रधानमन्त्री बालेन शाहको शपथग्रहण समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा अनुपस्थित भएका छन् ।

शाहले विशेष धार्मिक विधिपछि प्रधानमन्त्री पदको शपथ लिएका थिए । तर, शपथग्रहण समारोहमा कांग्रेसका सभापति थापा भने उपस्थित भएनन् ।

निम्ता भएपनि थापा काठमाडौं बाहिर रहेकाले शपथग्रहणमा उपस्थित नभएकाे उनी निकट स्रोतले जानकारी दियो ।

सभापति थापा अनुपस्थित भएपछि कांग्रेसको तर्फबाट उपसभापति पुष्पा भुसाल सहभागी भएकी थिइन् ।