काठमाडौं ।
नेपाली बजारमा आइतबार सुन तथा चाँदीको मूल्य पुनः बढेको छ। गत शुक्रबार घटेको सुनको मूल्य आइतबार प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहँदै प्रतिऔंस ४ हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ।








