काठमाडौं । नेपाली कांग्रेसका देउवा पक्षका नेताहरूले तत्कालै नियमित महाधिवेशन जान नसकिने अडान लिएका छन् ।

आफू पक्षका नेताहरूको भेलामा उनीहरूले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति कायम नभएसम्म नियमित महाधिवेशनमा जान नसकिने अडान लिएका हुन् ।

भेलामा सहभागी नेता गुरु बराल रणबहादुर रावल लगायतका नेताहरूले अदालतमा विचाराधीन मुद्दा टुंगिएपछि मात्रै महाधिवेशनमा जुट्ने बताएका हुन् । ”कांग्रेस छिटो तन्दुरुस्त भएर जनातकोबीचमा जान जरुरी छ ।१५ औँ महाधिवेशनमा जानुअघि १४ औँ महाधिवेशनबाट निर्वाचित समितिलाई विधिवत् रूपमा मानेर अघि बढ्नुपर्छ,” नेता बरालले भने ।

अर्का नेता रावलले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा टुंगो नलाग्दासम्म नियमित महाधिवेशन जान नसकिने बताए ।

”विशेष महाधिवेशन पक्षधरले आफूलाई वैधानिक भने पनि हामी त्यसलाई वैधानिक मान्दैनौँ,” उनले भने,”१४ औँ महाधिवेशनको वैधानिकता अदालतको निर्णयपछि थाहा हुनेछ । उक्त केन्द्रीय समिति अहिले नै पछि हट्दैन ,”

यता, संस्थापन पक्षले नियमित महाधिवेशन तयारी अघि बढाएको छ ।