काठमाडौं । राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गरिएको छ ।
राष्ट्रियसभाको आइतबार (चैत २२) बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन)का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन पेस गरेकी हुन् ।
संवैधानिक व्यवस्था अनुसार, सो आयोगको प्रतिवेदन संघीय संसदमा पेस गर्नुपर्ने हुन्छ ।
राष्ट्रियसभाको अर्को बैठक चैत २३ गते मध्याह्न सवा १२ बजे बस्नेछ ।








