एनडीटीभीको ‘अन्विक्षा’ संवादले नेपालले आफ्नो कुरा अझ प्रभावकारी रूपमा कसरी राख्न सक्थ्यो भन्ने प्रश्न उठाएको छ।
एनडीटीभी वल्र्डले यही भदौ ११ मा काठमाडौंमा ‘अन्विक्षा : आइडियाज अक्रस बोर्डर्स’ संवाद आयोजना गरेको थियो। यसले नेपाललाई भारतीय राजनीतिक तथा कूटनीतिक व्यक्तित्व, सांसद, पत्रकार, विचार–निर्माता र दर्शकसमक्ष आफ्ना कुरा सीधै राख्ने दुर्लभ अवसर दियो। कार्यक्रममा नेपालका परराष्ट्र तथा अर्थमन्त्री र अन्य राजनीतिक नेतासँगै भारतको संसदीय विदेश मामिला समितिका अध्यक्ष शशि थरूर तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास सहभागी थिए।


