काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५औँ महाधिवेशनका लागि ७ लाख ८३ हजारभन्दा बढी क्रियाशील सदस्य रहेको दाबी गरेको छ ।
इतर पक्षको सदस्यता व्यवस्थापन केन्द्रीय समिति संयोजक किरणराज शर्मा पौडेलका अनुसार, ५ लाख ७३ हजार २६९ जना पुराना सदस्यले सदस्यता नवीकरण गरेका छन् । यस्तै, २ लाख १० हजार ५६७ जना नयाँ सदस्य थपिएका छन् ।







