११ असोज, न्यूयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले हानी तथा नोक्सानी सम्बोधन कोष (दि फन्ड फर रेस्पोडिङ टु लस एण्ड ड्यामेज)बाट नेपालले तुरुन्तै २० मिलियन डलर (रु.तीन अर्ब ६५ करोड) पाउन सक्ने बताएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका पुगेका परराष्ट्रमन्त्री खनालले अनलाइनखबरसँगको अन्तर्वार्तामा भनेका छन्, ‘अब हामीले तुरुन्तै एउटा २० मिलियन डलर मागेका छौं, मलाई लाग्छ त्यति चाहिँ पाइन्छ होला।’