काठमाडौं । चन्द्रागिरि नगरपालिकाको मातातीर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरूलाई ज्योति विकास बैंकले जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरू प्रदान गरेको छ।
आश्रममा आयोजित कार्यक्रममा बैंककातर्फबाट सहायक महाप्रबन्धक रामहरि आचार्य, काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिपराज बराल र बैंकका बलम्बु शाखाका शाखा प्रबन्धक प्रकाश श्रेष्ठले वृद्धाश्रम समितिका कार्यालय प्रमुख राम थापालाई न्यानो कपडा हस्तान्तरण गरे ।








