जिल्लाभरका स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने कडा खाले रुघाखोकीका बिरामीहरु बढेका छन् । मौसममा परिवर्तन आएसँगै चिसो बढ्दै जाँदा मौसमी फ्लुका बिरामीहरु बढेका हुन ।
तीन हप्तायता जिल्ला अस्पतालमा यस्ता मौसमी फ्लुका बिरामी धेरै आउन थालेको चिकित्सक मुकेश यादवले बताउनुभयो । कडा खाले रुघाखोकीका बिरामीहरु धेरै आउन थालेपछि अस्पतालमा चाप बढी रहेको बताउदै उहाँले दसैं बिदाको कारण चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा बिरामीको उपचारको काममा खटिने व्यवस्था गरिएको बताउनुभयो । अस्पतालमा दैनिक ३० देखि ४० जना यस्ता बिरामीहरु आउने गर्छन । मौसममा आएको परिवर्तनकै कारण यस्ता बिरामीहरु बढेको उहाँको भनाइ छ ।








