इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा बहुमत प्राप्त गर्न आवश्यक सिट सङ्ख्याभन्दा पछाडि रहेको छ ।
बुधबार सार्वजनिक आंशिक मतगणनाको नतिजाअनुसार ५१.८ प्रतिशत मत गणना हुँदा नेतान्याहुको गठबन्धनले १२० सदस्यीय संसद्मा ५५ सिट प्राप्त गरेको छ । उनका प्रतिस्पर्धी गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४९ सिट प्राप्त गर्दा अरब दलहरूले १६ सिट जित्ने देखिएको छ ।








