नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशले स्वतन्त्रता र स्वाधीनताको पूर्ण उपयोग गर्न नपाएको दाबी गर्दै आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन् ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार आयोजित कार्यक्रममा नवनियुक्त तीन केन्द्रीय सदस्यलाई शपथ गराउँदै अध्यक्ष ओलीले देशको अवस्था थप बिग्रन नदिन आन्दोलनको विकल्प नरहेको बताएका हुन् ।