जलवायु परिर्वतनका साझा चुनौती सामना गर्न तथा विपद जोखिम न्युनिकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउने उदेश्यले भारतको नयाँ दिल्लीमा ‘जलवायु जोखिम तथा विपद न्युनिकरणमा साझा जिम्मेवारी’ विषयमा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
भारतस्थित नेपाली राजदुतावास तथा इनिसियटिभ्स अफ मिडिया विमेनको आयोजना सम्पन्न कार्यक्रममा भारतका लागि नेपालका कार्यवाहक राजदुत डा.सुरेन्द्र थापाले विपद जोखिम न्युनिकरणका लागि छिमेकी देशहरुबीच वातावरणीय दिगोपनासम्बन्धी छलफल आवश्यक भएको बताउनुभयो ।








