नेपाली राजनीतिक दलका नेताहरू पछिल्लो समय पार्टीको विचार, सिद्धान्त, दर्शन र आदर्शभन्दा पनि धर्म–राजनीतितर्फ आकर्षित हुँदै गएको घटनाक्रमले देखाउँछ । परम्परावादीमात्र नभएर क्रान्तिकारी मानिने कम्युनिस्ट र परिवर्तनको वाहक र नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत विचार–सिद्धान्तलाई भन्दा धर्म–राजनीतितिर बढी केन्द्रित देखिन थालेका छन् ।
गत फागुनमा भएको निर्वाचनमा अभूतपूर्व नतिजा प्राप्त गरी शक्तिशाली सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीर्थाटनको क्रममा यतिबेला भारत भ्रमणमा छन् । पत्नी निकिता पौडेलको साथमा कात्तिक ६ गते सुदूरपश्चिमको गड्डाचौकी नाका हुँदै लामिछाने भारत प्रस्थान गरेका थिए।








