अर्नब चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला बढी प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

बङ्गालको खाडीबाट उत्पन्न भई भारतीय भूमि हुँदै आएको ‘अर्नब’ चक्रवातका कारण लुम्बिनी प्रदेशका अर्घाखाँची, पाल्पा, कपिलवस्तु, प्युठान, रुकुम पूर्व, रोल्पा र नवलपरासी पश्चिम बढी प्रभावित हुने प्रदेश सरकारले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई आधार मान्दै प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले यही कात्तिक १३ र १४ गते यी जिल्लाहरूमा उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ।